भारतले सार्वजनिक गरेको नक्साका विरुद्ध मसालका जनवर्गीय संगठनको प्रदर्शन
काठमाडौं– नेकपा (मसाल) निकटका विभिन्न जनवर्गीय संगठनहरुले भारतले प्रकाशित गरेको नक्साको विरुद्धमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । अखिल (छैठौं), अखिल नेपाल युवक संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल जनजाति सम्मेलन, अखिल नेपाल कानून व्यवसायी संघ, अखिल नेपाल किसान संघलगायतका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
राजधानीको रत्नपार्कबाट आयोजित जुलुस प्रदर्शनमा भारतीय साम्राज्यवाद मुर्दावाद, भारतीय जाली नक्सा खारेज गर, भारतीय सेना फिर्ता गर, देशको अखण्डता रक्षा गरौं भन्ने विभिन्न नाराहरु लगाइएको थियो । जुलुस जमल, दरबारमार्ग, राजदरवार दक्षिणगेट, नागपोखरी, उत्तरढोका हुँदै भारतीय राजदूतावास अगाडि पुगेको थियो । जुलुसपछि विभिन्न वक्ताहरुले सम्बोधन गरेका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले भारतीय साम्राजयवादले नेपाली भूमिलाई आफ्नो नक्सामा सामेल गरेर नेपालमाथिको हस्तक्षेपलाई झनै बढाएको बताए । उनले सरकारले कुटनीतिक पहल गरेर तत्काल भारतीय सेना फिर्ता गरिनुपर्ने र नक्सा सच्याउनुपर्ने बताए ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाशन पुरी, अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सम्बोधन गरेका थिए । वक्ताहरुले भारतीय साम्राज्यवादका विरुद्ध एक जुट हुनको लागि सम्पूर्ण जनसमुदायमा आह्वान गरेका थिए । देशभर विभिन्न पार्टी तथा विद्यार्थी, युवाहरुले गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जाहेर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा