शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भन्सार दर बढ्यो, अब कति महसुल तिर्नुपर्छ ?

आइतबार, २४ कात्तिक २०७६, १६ : ३३
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं–सरकारले विदेशबाट ल्याउने सुनको भन्सारदर बृद्धि गरेको छ । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।

सरकारले भारतमा भन्दा सस्तो भएको भन्दै सुनमा प्रति दशग्राम १५ सय रुपैयाँ भन्सार बढाएको छ । नयाँ दर अनुसार पहिलो ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति दश ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ । यसभन्दा पहिले सोही मात्राको सुनमा प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ मात्रै  तिर्नुपर्थ्यो।

थप ५० ग्राम ल्याउँदा ८ हजार ५ सय रुपैयाँ पर्छ । पहिले ७ हजार २ सय रुपैयाँ थियो । भन्सारदर बढेपछि सुनको भाउ महंगिएको छ । भन्सार दर बढेकै कारण तोलामै ११ सय रुपैयाँले बढेर ७१ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप