भक्तपुरमा काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक
आइतबार, ०१ मङ्सिर २०७६, ०९ : ५५
भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर–१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ ।
भँडेलकी आमा सेतीदेवीको आइतबार बिहान निधन भएको हो । उनी ९० वर्षकी थिइन् ।
सेतीदेवीको पार्थिव शरीरलाई आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
आइतबार बागेश्वरीमा चुनावी सभाको तयारीमा रहेका भँडेल अचानक मातृशोकमा परेका हुन् ।
काँग्रेस नेता गगन थापाले ट्वीट गर्दै भनेका छन्, ‘भक्तपुरको बागेश्वरीमा चुनावी सभाका लागि घरबाट निस्कनै लाग्दा खबर आयो, हाम्रो उम्मेदवार कृष्ण भँडेलको ममतामयी अमा स्वर्गबास हुनुभएको ।’