‘१० नम्बर’ जर्सीको सम्मान नगरेको भन्दै रिभाल्डोको आपत्ति
एजेन्सी । एसी मिलानका युवा मिडफिल्डर लुकास प्याकुएटालाई अर्जेन्टिनाबिरुद्धको खेलमा १० नम्बरको जर्सी दिइएकोमा ब्राजिलका पूर्व खेलाडी रिभाल्डोले आपत्ति जनाएका छन् ।
नेयमार घाइते हुँदै टोलीबाहिर रहेको समयमा ब्राजिलको सिनियर टोलीका लागि मात्र १० खेलेका प्याकुएटालाई १० नम्बरको जर्सी लगाउन दिइएको थियो ।
आफै १० नम्बरको जर्सी लगाइसकेका रिभाल्डोले युवा र अनुभवविहीन खेलाडीलाई यति चाडो उक्त जर्सी लगाउन दिन नहुने जिकिर गरेका हुन् ।
प्याकुएटाको क्षमताप्रति आफूलाई कुनै शंका नरहे पनि १० नम्बरको जर्सी लगाउन पहिले एक तहको सम्मान हासिल गर्नुपर्ने उनको तर्क थियो ।
‘ब्राजिल र अर्जेन्टिनाबिरुद्धको खेल हेरेँ, १० नम्बरको जर्सीलाई जे गरियो, त्यो देख्दा मलाई निकै दुःख लाग्यो,’ रिभाल्डोले इन्सटाग्राममा लेखेका छन् ।
‘उनीहरुले प्याकुएटालाई उक्त जर्सी दिए । त्यो जर्सी जसलाई विश्वभर सम्मान गरिन्छ । त्यो जर्सी बेन्चमा बस्न लायक होइन न त हाफ टाइममा मैदानमा छिर्न । किनभने यो जर्सीलाई विश्वले चिन्छ र सम्मान गर्छ । यसलाई पेले, रिभेलिनो, जिको, रिभाल्डो, काका, रोनल्डिन्हो र नेयमार जस्ता खेलाडीले लगाएका छन् ।’
‘यसमा खेलाडीको कुनै दोष छैन । तर, कोचिङ स्टाफलाई थाहा हुुनुपर्ने हो यो जर्सीको महत्त्व कति छ भनेर,’ उनले भनेका छन् ।
खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलअन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै