शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा रु ४०० बढ्यो

मङ्गलबार, ०३ मङ्सिर २०७६, १२ : ०६
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८६० मा कारोबार भएको छ । 

यसअघि सोमबार चाँदी तोलामा रु ८५० मा कारोबार भएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप