शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘रियल स्कूल अफ नेपाल २०१९’ : काठमाडौंको ज्ञानकुञ्ज स्कूल विजयी

बुधबार, ०४ मङ्सिर २०७६, १९ : २४
बुधबार, ०४ मङ्सिर २०७६

‘रियल स्कूल अफ नेपाल २०१९’ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल काठमाडौ पश्चिममा नवेम्बर २०मा सम्पन्न भएको छ । 

यस प्रतियोगिताबाट विजयी विद्यालय ज्ञानकुञ्ज उच्च माध्यामिक विद्यालय घोषित भएको छ । 

विजयी विद्यालयका सहभागी विद्यार्थीहरु रोबिन्स खनाल, प्रेजु खनाल, निशन्त आचार्य, सुनिम भण्डारी, रिजन सारु, र जिडान तामाङ हुन् । 

यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१९ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

यससँगै, प्रतियोगिताका तेस्रो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा अन्त्य भएको छ । अब चौथो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा नवेम्बर २२मा ललितपुरमा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप