केन्द्रीय संस्करण
संस्मरण

कष्टकर जीवन बाँचेका पुष्पलालको कठोर स्वाभिमान : ​भारतीय नेताको सहयोग अस्वीकार गरे

राजा वीरेन्द्रको सर्त थियो – नेपाल आएर सहयोग गर्नुस्, कम्युनिस्ट पार्टीलाई विघटन गरिदिनुस्

person explore access_timeमंसिर ६, २०७६ chat_bubble_outline0

१९९९ सालमा गुल्मीको मानकोटमा जन्ममिएका गोविन्द ज्ञवाली नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका सबैभन्दा निकटस्थमध्येका एक हुन् । उनले नेपाली काँग्रेसका नेता बिपीसँगको संगतमा पनि धेरै समय विताएका छन् । ज्ञवालीसँग पुष्पलालका बारेमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

भारतमा अत्यन्तै कष्टकर जीवन विताएका थिए पुष्पलालले । उनलाई भारतका कम्युनिस्ट पार्टीले, भारत सरकारले वा कम्युनिस्टकै शासन रहेको बङ्गाल सरकारले पुष्पलालजीलाई केही सहयोग गरेनन् ?

२००७ सालको कालमा त बङ्गलाको कम्युनिस्ट पार्टीले पुष्पलाललाई धेरै सहयोग गरेको हो नृपेन चक्रवर्तीमार्फत् । पार्टी गठन गर्ने कामदेखि लिएर धेरै चिजमा बङ्गालका कम्युनिस्ट पार्टीले सहयोग गरेको थियो ।

पछिल्लो कालमा बङ्गालको कम्युनिस्ट पार्टी र पुष्पलालको बीचमा वैचारिक दूरी बढ्यो । खासगरेर रुस र चीनलाई हेर्ने तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई हेर्ने सम्बन्धमा वैचारिक दूरी बढेको थियो ।

उनीहरूको अडान के थियो र पुष्पलालजीहरूले लिएको अडान के थियो ?

हामीले आफ्नो राष्ट्रिय विशेषताका आधारमा काम गरेर जानुपर्छ र राष्ट्रिय विशेषता भारत र नेपालको फरक फरक हुनसक्छ । त्यसैगरी, चीन र सोभियत सङ्घको फरक फरक हुनसक्छ । त्यसकारण हामीले अन्धअनुकरण गर्नु हुँदैन भन्ने पुष्पलालको विचार थियो । तर धेरैजसो भारतीय कम्युनिस्ट पार्टीहरूले आफूलाई मात्रै धेरै जान्ने बुझ्ने र अरूले त्यति धेरै जानेका छैनन् भन्ने किसिमको सोच राख्थे । त्यसकारणले पनि हुनसक्छ, बङ्गालको कम्युनिस्ट पार्टीसँग पुष्पलालको त्यति राम्रो सम्बन्ध रहेन ।

जब भारतमा कम्युनिस्ट पार्टीको नेतृत्व केरलतिर गयो, नुम्बुदरीपादको नेतृत्वमा सीपीएमतिर गयो, त्यसपछि पुष्पलालको त्यो पार्टीसँग राम्रो सम्बन्ध भयो । त्यसपछिको कालमा उनीहरूले पुष्पलाललाई आर्थिक सहयोग त गरेनन् तर अन्य सहयोगहरू गरे । त्यसमा दिल्ली गएर बस्दाखेरि क्वाटरको व्यवस्था गरिदिने, बस्ने खाने ठाउँको व्यवस्था गरिदिने आदि कामको व्यवस्था उनीहरूले त्यहाँको संसद भवनमै मिलाइदिएका थिए । तर आर्थिक सहयोग उनीहरूबाट भएन । अरू पार्टीले पनि आर्थिक सहयोग गरेनन् ।

पछिल्लो कालमा पुष्पलाल बिरामी भएर अस्पतालमा भर्ना भइसकेपछि त्यतिबेलाका सत्तारुढ पार्टीको अध्यक्ष चन्द्रशेखरले ‘हामीले गणेशमानजीलाई अल इन्डिया मेडिकल इन्स्टिच्युटमा राखेर उपचार गराइरहेका छौँ, पुष्पलालजी गोविन्द बल्लभ पन्त (हृदयरोग) अस्पतालको जनरल वार्डमा हुनुहुन्छ । हामीलाई अप्ठ्यारो लाग्यो, हामी पुष्पलालजीलाई पनि स्पेसल वार्डमा राख्न चाहन्छौँ’ भनेर खबर पठाए ।

सम्भवतः सत्तारुढ पार्टीका  अध्यक्ष जनरल वार्डमा भेट्न आउन अप्ठ्यारो भएर हो कि ? त्यो खबर पाएपछि पुष्पलालले डाक्टरसँग सोध्नुभयो, ‘यो स्पेसल वार्ड र जनरल वार्डमा के फरक छ ?’ डाक्टरले ‘जनरल वार्डमा हेर्ने पनि मैले हो र स्पेसल वार्डमा पनि हेर्ने मैले नै हो । त्यस्तो केही फरक छैन, तर बस्न र भेटघाटलाई सुविधा हुन्छ’ भनेर जवाफ दिए । त्यसपछि चन्द्रशेखरले भनेको स्पेसल वार्डमा जान पुष्पलालले अस्वीकार गर्नुभयो । र, ‘तपाईंको सहयोग अहिले मैले लिन सक्दिनँ, मलाई यही जनरल वार्ड नै ठीक छ’ भनेर जवाफ पठाउनुभयो ।

*****

पुष्पलाल वितिसकेपछि भने डिस्चार्ज गर्ने बेलामा लागेको ५ हजार शुल्क चन्द्रशेखरले निजी सचिवलाई पठाएर तिरिदिए । डिस्चार्ज स्लिप ल्याएर मलाई दिए ।

*****

अहिले मलाई के लाग्छ भने यस्ता किसिमका सहयोग विदेशका पार्टीहरूले दिँदाखेरी अहिलेका नेताहरू भएका भए त लिने नै थिए । तर पुष्पलाल के भन्नुहुन्थ्यो भने प्रत्येक सहयोगभित्र एउटा अदृश्य स्वार्थ घुसेको हुन्छ र त्यो अदृश्य स्वार्थले सहयोगलाई प्रेरित गर्छ । तर सहयोगभित्रको त्यो अदृश्य सहयोगलाई बुझेर सहयोग कोसित लिने र कोसित नलिने, त्यो छान्न र जान्न सक्नुपर्छ ।

चन्द्रशेखरले आर्थिक सहयोग गर्छु भन्दा पनि पुष्पलालले मलाई देशभित्रबाटै आएको पैसाले पुगिरहेको छ, जरुरत भयो भने मैले तपाईंसँग सापट लिनेछु, भनेर जवाफ पठाउनुभयो ।

त्योबेला भारतमा इन्दिरा गान्धीको पतन र भारतीय जनता पार्टीको उत्थान भइरहेको थियो, चन्द्रशेखरको बोलवाला निकै ठूलो थियो । उनलाई त्यो खबर पठाइसकेपछि चन्द्रशेखरले मानेनन् ।

अनि चन्द्रशेखरले पुष्पलालको स्वीकृतिबिना नै उनलाई जनरल वार्डबाट सेमी स्पेसल वार्डमा लगे ।

अनि सेमी स्पेसल वार्डमा लगेको दुई दिनपछि, शैलाजा आचार्यसित उनी त्यहाँ भेट्न आए । त्यहाँ आएपछि पनि उनले सहयोग गर्छु भने, तर पुष्पलालले फेरि पनि आवश्यक पर्यो भने सहयोग होइन, सापट लिन्छु भन्ने जवाफ दिए चन्द्रशेखरलाई ।

पुष्पलाल वितिसकेपछि भने डिस्चार्ज गर्ने बेलामा लागेको ५ हजार शुल्क चन्द्रशेखरले निजी सचिवलाई पठाएर तिरिदिए । डिस्चार्ज स्लिप ल्याएर मलाई दिए ।

पुष्पलालको शवयात्रामा चन्द्रशेखर, गणेशमानसिंह, मङ्गलादेवी, कम्युनिस्ट पार्टीका नेताहरू र मानव अधिकारवादी नेताहरू सामेल हुनुहुन्थ्यो । घाटमा पनि सबै पुग्नुभएको थियो ।

त्यसबेला हामीले पुष्पलालको पार्थिव शरीर नेपाल ल्याउन पहल गरेका थियौँ तर त्यसो गर्न  दरबारले स्वीकृति दिएन ।

*****

त्यसपछि साहनालाई राजनीतिमा आउने इच्छा रहेछ भन्ने भयो हामीलाई पनि । त्रिपुरामा मुख्यमन्त्री हुनुहुन्थ्यो– नृपेन चक्रवर्ती, ९० वर्षको बुढो मान्छे उहाँ पनि समवेदना दिन बनारस आउनुभयो । पुष्पलाललाई कम्युनिस्ट पार्टी गठन गर्न प्रेरणा दिएका नृपेन चक्रवर्तीले ‘साहना तुम शेष जीवन कैसे गुजारोंगी ? सामाजिक काममे लगकर, तुम अपने शेष जीवन बिताओ’ भने । गणेशमानजीहरूले पनि नेपालको आन्दोलनलाई उठाउन र अघि बढाउन एउटा विश्वासिलो मान्छे चाहिएको छ भनेका थिए ।

*****

फलतः  निगमबोधघाटमा, जहाँ पुष्पलालको बुबालाई पनि दाहसंस्कार गरिएको थियो, त्यहीँ उहाँलाई पनि जलाइयो । जलाउँदाखेरी जल दिइँदो रहेछ । त्यसो गर्दा साहनाले अधुरा इच्छाहरू पूरा गर्न म सतत् प्रयत्नशील रहनेछु भनेर पानी दिनुभयो ।

त्यसपछि साहनालाई राजनीतिमा आउने इच्छा रहेछ भन्ने भयो हामीलाई पनि । त्रिपुरामा मुख्यमन्त्री हुनुहुन्थ्यो– नृपेन चक्रवर्ती, ९० वर्षको बुढो मान्छे उहाँ पनि समवेदना दिन बनारस आउनुभयो । पुष्पलाललाई कम्युनिस्ट पार्टी गठन गर्न प्रेरणा दिएका नृपेन चक्रवर्तीले ‘साहना तुम शेष जीवन कैसे गुजारोंगी ? सामाजिक काममे लगकर, तुम अपने शेष जीवन बिताओ’ भने । गणेशमानजीहरूले पनि नेपालको आन्दोलनलाई उठाउन र अघि बढाउन एउटा विश्वासिलो मान्छे चाहिएको छ भनेका थिए ।

गणेशमानजीले राजनीतिमै आऊ भनेर सुझाव दिनुभयो साहनालाई ?

गणेशमान र मङ्गलादेवीले पनि साहनालाई राजनीतिमै आऊ भनेको हो ।

नृपेन चक्रवर्तीले चाहिँ सामाजिक काम गर भन्नुभयो ?

राजनीति भनेकै त्यही हो । राजनीतिलाई सामाजिक भनेर सङ्केत गरे । त्यतिबेला पार्टी प्रतिवन्ध भएकाले सामाजिक कामबाट आउनुपर्यो भन्ने हो ।

त्यतिबेला पुष्पलालजीको काजक्रिया कुन विधिबाट गरियो ? हिन्दुधर्मको विधिअनुसार १३ दिने हिसाबले गरियो अथवा नेवारी विधिअनुसार गरियो ?

नेवारी विधिबाट गरियो । पुष्पलालको काजकिरिया छोराले गरेका थिए । काजकिरियामा हामी त्यति सामेल भएनौँ ।

किन नहुनु भएको ?

काजकिरिया नेपालमा आएर गरे । शव जलाएपछि उनीहरू नेपाल आएका थिए ।

अस्तु पनि ल्याउन दिएनन् भन्छन् नि ?

अस्तु ल्याउन दिएनन् तर गुप्त तरिकाले जहाजमा ल्याइएको अस्तु शोभा भगवतीमा बिसर्जन गरिएको थियो ।

अस्तु रामबहादुर भण्डारी र रामचन्द्र चापागाईंले ल्याउनुभएको थियो । उहाँहरूले त्यो अस्तु मनमोहन अधिकारीलाई जिम्मा दिनुभयो । त्यसपछि जुलुससहित शोभा भगवतीमा अस्तु विसर्जन भयो ।

त्यो जुलुसलाई यहाँको सरकारले थुनछेक गर्यो कि गरेन ?

गरेन ।

*****

सुवर्ण शमशेरले आर्थिक सहयोग गरिदिँदा खेर उनीहरूको जीवन फरक थियो । तर सुवर्ण शमशेरले आन्दोलनलाई फिर्ता लिइसकेपछि आर्थिक सहयोग बन्द गरे ।

*****

रामबहादुर भण्डारी त अहिले पनि हुनुहुन्छ नि होइन ?

हो, हुनुहुन्छ । रामबहादुर भण्डारी मनमैजुमा हुनुहुन्छ । रामचन्द्र चापागाईं पनि हुनुहुन्छ । उहाँ बुटवलमा हुनुहुन्छ ।

बनारसको जीवनमा फर्कौं है । बनारस हुँदा काँग्रेसी नेताको जीवनशैली, कम्युनिस्ट नेताको जीवनशैली कस्तो थियो ? एउटै खालको थियो कि काँग्रेसीहरू अलि बढी सुविधासम्पन्न खालको जीवनशैली बाच्थे कि ?

दुवैको जीवनशैली एउटै खालको थियो । सुवर्ण शमशेरले आर्थिक सहयोग गरिदिँदा खेर उनीहरूको जीवन फरक थियो । तर सुवर्ण शमशेरले आन्दोलनलाई फिर्ता लिइसकेपछि आर्थिक सहयोग बन्द गरे ।

आर्थिक सहयोग प्राप्त गर्ने समयमा काँग्रेसका साथीहरूको बाँडचुँड गरेर खान्थे कि अलग अलग खान्थे ?

होइन । जजसले आर्थिक सहयोग पाए, उनीहरूले बाँडीचुँडी खाए । आर्थिक सहयोग धेरै हुन्नथ्यो । त्यो एउटैलाई पुग्ने हो । युद्धप्रसाद मिश्र पनि त त्यति बेलासम्म सुवर्ण शमशेरकै आर्थिक सहयोगबाट बनारस बस्नु भा’को हो ।

युद्धप्रसाद कसरी तानिनुभयो  कम्युनिस्टमा ?

युद्धप्रसाद मिश्रलाई प्रज्ञा प्रतिष्ठानमा सहभागी हुनलाई दरबारले बोलायो । युद्धप्रसाद मिश्रका छोरा अरुणकुमार मिश्र उनलाई लिन जानु भयो बनारस । त्यहाँ युद्धप्रसाद मिश्र आफ्ना छोरा अरुणसँगै पुष्पलाललाई भेट्न पार्टी कार्यालय बनारसको दसपवित्र गल्ली आउनुभयो । त्यहाँ पुष्पलालसँग उहाँको कुरा भयो ।

प्रज्ञा प्रतिष्ठानका लागि मलाई बोलाको छन् र मलाई जाने मन छैन भन्नुभयो । त्यस्तोमा पुष्पलालले के भन्नुभयो भने, ‘तपार्इंले बाहिरै बसेर सांस्कृतिक फाँटको नेतृत्व गर्नुपर्छ । प्रगतिशील साहित्यकारको नेतृत्व तपाईंले गर्नुपर्छ ।’ पुष्पलालले यति भनेपछि उहाँले नेपालमा बस्न मन गर्नु भएन र बनारसमै बस्न जानुभयो ।

बनारसमा बस्दा आर्थिक सङ्कट थियो । बनारसमा विश्व हिन्दु विश्वविद्यालयको नजिकै मोमक्षी भवनमा उहाँ बस्नुहुन्थ्यो ।

त्यो संस्कृत विश्व विद्यालयजस्तो थियो र त्यहाँ निःशुल्क खाने व्यवस्था थियो । खानाको साथ बस्ने पनि व्यवस्था थियो । त्यहाँ जोगी खालका मानिसहरू बस्थे ।

नेपाल नफर्किने निर्णय गरेपछि उहाँले ‘मुक्त सुधामा’ भन्ने खण्डकाव्य लेख्नुभयो ।

त्यहीँ मोमक्षी भवनमा बसेर लेख्नु भएको हो । त्यसपछि सांस्कृतिक आन्दोलनमा सक्रिय हुनुभयो । पछिल्लो कालमा पनि सक्रिय हुनुभयो । पछि त्यस आन्दोलनले ‘मुक्ति मोर्चा’ भन्ने एउटा पत्रिका निकाल्थ्यो । मुक्ति मोर्चाको समूहमा उहाँ आबद्ध हुनुभयो ।

मुक्ति मोर्चाका साथीहरू पुष्पलाललाई छाडेर यता झापा विद्रोहका साथीहरू लागे ।

*****

वि.स. २०३२, ३३ सालको कुरा हो । त्यसपछि बनारस अलि शून्य भयो । ‘राष्ट्रिय मेलमिलाप’ भनेर बीपी नेपाल फर्किनु र मुक्तिमोर्चाका साथीहरू विद्रोह गरेर झापा विद्रोहसँग संलग्न हुनु यसको कारण भयो ।

*****

को को हुनुहन्थ्यो मुक्ति मोर्चाका मुख्य मानिसहरू ?

मुक्ति मोर्चामा युद्धप्रसाद मिश्र अध्यक्ष भइहाले । मोदनाथ प्रश्रित महासचिव थिए । जीवराज आश्रित, बोधराज काफ्ले र मदन भण्डारीहरू सदस्य थिए । उहाँहरूले अब पुष्पलालबाट क्रान्ति हुँदैन, पुष्पलालले जनआन्दोलन भनेर भन्छन् तर जनआन्दोलन उठ्न पनि सक्दैन । त्यसैले सशस्त्र आन्दोलन नै लाग्नुपर्छ भन्ने सोचाइका साथ उहाँहरूले प्रदीप नेपालसँग सम्पर्क गरेर रुपन्देहीमा बैठक गरेर पुष्पलाललाई छाड्नुभयो । प्रदीप नेपाल झापा विद्रोहको समूह ‘कोअर्डिनेसन केन्द्र’को सदस्य थिए ।

मुक्ति मोर्चाबाट उहाँहरूले कति सालमा विद्रोह गर्नुभएको हो ?

वि.स. २०३२, ३३ सालको कुरा हो । त्यसपछि बनारस अलि शून्य भयो । ‘राष्ट्रिय मेलमिलाप’ भनेर बीपी नेपाल फर्किनु र मुक्तिमोर्चाका साथीहरू विद्रोह गरेर झापा विद्रोहसँग संलग्न हुनु यसको कारण भयो ।

त्यतिखेर जिल्ला कमिटीमध्ये एउटा राम्रोसँग सञ्चालित सप्तरीको जिल्ला कमिटी थियो । सप्तरीको जिल्ला कमिटीका साथीहरूले पुष्पलाललाई सहयोग गरेका थिए ।

तपाईं कति सालदेखि कहिलेसम्म बनारस निर्वासनमा बस्नुभयो ?

म पच्चिस सालदेखि निर्वासनमा बसेको हो । त्यसपछि जनमत सङ्ग्रहको घोषणापछि फर्किएँ ।

*****

युवा विद्यार्थीहरूले नेपालको क्रान्तिमा ठूलो योगदान गरेका छन् । गङ्गालाल पनि युवा विद्यार्थी नै थिए । उनको पनि नेपालको आन्दोलनमा ठूलो योगदान रह्यो । त्यही योगदानलाई निरन्तरता दिँदै विद्यार्थीहरू आन्दोलनको निम्ति अगाडि आउनुपर्यो । क्रान्तिकारी विद्यार्थीहरूलाई आह्वान शीर्षक थियो ।

*****

तपाईंहरू बनारस बस्दा तपाईंहरूको दिनचर्या कस्तो हुन्थ्यो ? दिनभरी के गर्नुहुन्थ्यो ?

बिहान उठ्यो । लेखपढ गर्यो । ९ बजेतिर गङ्गाजीतिर गयो । त्यहाँ पौडी पनि खेल्थ्यौँ । त्यहाँबाट आएर भात पकायो । अनि दिउँसो चाहिँ एक छिन सुत्यो । अनि साँझ परेपछि बाहिर निस्केर घुम्यो ।

त्यतिबेला माफी मागेर भए पनि नेपाल फर्किउँ फर्किउँ लाग्दैनथ्यो ?

लागेन ।

तपाईं आफूमाथि पक्राउ वारेन्ट भएर उता जानु भएको हो ?

वारेन्ट भएरै हो । म बुटवल हाई स्कुलमा पढाउँथे । जीवराजजी त्यहाँ अङ्ग्रेजी पढाउनुहुन्थ्यो । मोदनाथ हेडमास्टर थिए । मोदनाथ यता लुम्बिनी कलेजमा पनि पढाउनुहुन्थ्यो । जीवराजजी सहायक मास्टर हुनुहुन्थ्यो, त्यहाँ अङ्ग्रेजी पढाउनुहुन्थ्यो । फागुन ७ गते हामीले हामीले पर्चा छर्यौं । पर्चामा क्रान्तिका लागि विद्यार्थीलाई आह्वान लेखिएको थियो ।

पर्चामा अरू केके लेखिएको थियो, सम्झना छ ?

युवा विद्यार्थीहरूले नेपालको क्रान्तिमा ठूलो योगदान गरेका छन् । गङ्गालाल पनि युवा विद्यार्थी नै थिए । उनको पनि नेपालको आन्दोलनमा ठूलो योगदान रह्यो ।

त्यही योगदानलाई निरन्तरता दिँदै विद्यार्थीहरू आन्दोलनको निम्ति अगाडि आउनुपर्यो । क्रान्तिकारी विद्यार्थीहरूलाई आह्वान शीर्षक थियो ।

पर्चा छरेपछि म गुल्मीको पहाडघरतिर गएँ । मोदनाथजी र जीवराजजी पक्राउ पर्नुभयो । उहाँहरू पक्राउ परेपछि म पनि फकिएँ । मलाई पनि बोलाएको थियो । अञ्चलाधीशको कार्यालयमा जान्छु भन्ने सुरसारमा थिएँ ।

लुम्बिनी अञ्चल कमिटीले तिमी बयान दिन जाने होइन, जेलमा जाने बेला होइन, तिमी निर्वासन जानुपर्छ भन्यो मलाई । अञ्चल कमिटीले निर्वासित हुनुपर्छ भनेपछि निर्वासनमा गएँ । त्यतिबेला पार्टीले भनेको मान्ने चलन थियो । तर मलाई भने जेल जाने मन थियो ।

अञ्चल कमिटीमा को को हुनुहुन्थ्यो ?

अञ्चल कमिटीमा केसरजङ्ग पोखरेल हुनुहुन्थ्यो । अञ्चल पार्टीलाई पुष्पलालले यहाँ पठाउ भन्नु भएको थियो । त्यसपछि म खुरु खुरु बनारस गएँ । बनारसमा गएर म अञ्चल पार्टी कार्यालयमा बस्न थालेँ ।

त्यतिबेला अहिलेजस्तो थिएन । त्योबेलाका मानिसमा अहिलेजस्तो सोचाइ नै थिएन । पार्टीका निम्ति केही गरौँ, देशका निम्ति केही गरौँ भन्ने थियो । आफ्नोतर्फबाट जति सकिन्छ त्यो गरौँ भन्ने थियो ।

तपाईंले चाहिँ किन मुक्ति मोर्चाका साथीहरूसँगै विद्रोह गर्नुभएन ?

मोदनाथजीहरूले समूहबाट विद्रोह गर्दा मलाई भन्नुभएको हो । ‘भोलिदेखि विद्रोह गर्छौं । भोलि हाम्रो विद्रोहको पत्रिका निस्कन्छ । यत्रो समय सँगै बसियो, सँगै काम गरियो, तिमी पनि विद्रोहमा आऊ’ भन्नु भएको थियो ।

मैले के भने तिमीहरू जल्दाबल्दा छौ, धेरै काम गर्न सक्छौ । म त्यति धेरै काम गर्न सक्दिनँ । नेपालमा गएर भूमिगत भएर हतियार बोकेर हिँड्न मलाई गाह्रो छ । त्यो मैले सक्दिनँ । त्यही भएर मलाई यहाँ बनारसमै ठीक छ । म तिमीहरूको विद्रोहमा सामेल हुदिनँ ।

तर एउटा कुरा केमा सामेल हुन्छु भने बीच बीचमा भेटघाट गरेर अनुभवको आदान प्रदान गर्ने काममा म सामेल हुनसक्छु । तर विद्रोहमा सामेल हुन सक्दिनँ ।

विद्रोह भएको केही दिनपछि वामदेव गौतम आए । पार्टीमा अफिसमा आएर पुष्पलाललाई भेटे र भने ‘तपाईंको नेतृत्वमा क्रान्ति हुन्छ भनेर लागियो । अब तपाईंको नेतृत्वमा क्रान्ति हुँदैन भन्ने कुरा विश्वासमा लाग्यो । त्यही भएर अन्तिम पटक तपाईंलाई लाल सलाम गरौँ भनेर आएको ।’

अझ वामदेवले पुष्पलाललाई भने ‘तपाईंको नेतृत्वमा पछि क्रान्ति भयो भने फेरि सँगै काम गर्न आउनेछु, अहिलेलाई म लागेँ ।’ यति भनेर सुइँ सुइँ पार्टी अफिसबाट बाहिर निस्केर गए वामदेव । पुष्पलालले हेरिराख्नुभयो ।

पुष्पलालले यो काम गर्ने खालको मान्छे हो । यस्तो मान्छेले पार्टी छोडेर हिँडिसकेपछि पार्टीलाई धेरै ठूलो घाटा लाग्ने भयो भन्नुभयो ।

त्यो घट्नाक्रमले उहाँमा कुनै निराशाहरू पनि पैदा भएका थिए कि ?

थिएन । पुष्पलाललाई के थियो भने, पार्टीमा साथीहरू आउनेजाने भइरहन्छ । अर्को कुरा भारतमा बसेर हामीले जनआन्दोलन मात्रै सञ्चालन गर्न सक्छौँ भन्ने भयो । हतियारबन्द आन्दोलन चाहिँ नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा गर्न सक्दैनौँ भन्ने थियो । त्यो गर्नका लागि नेपालका जनजातिमा विशेषगरी काठमाडौँको वरिपरि तामाङ जाति छ । त्यो जातिमा पार्टीको घना प्रवेश या सङ्गठन हुनुपर्छ । त्यो सङ्गठन नभएसम्म काठमाडौँको आन्दोलनले सशस्त्र आन्दोलनको रूप लिन सक्दैन भन्ने पुष्पलालले विश्लेषण गर्नुहुन्थ्यो । उहाँले भारतको नक्सालवादी आन्दोलनका नेताहरूसँग पनि त्यही विश्लेषण गर्नुहुन्थ्यो । एक पटक उहाँलाई भेट्न यूपी इन्चार्ज शिवकुमार मिश्र आए । उहाँले त्यही विश्लेषण गर्नुभयो । अहिले हामीले त्यो गर्न सक्दैनौँ, तपाईंहरूले पनि जुन बाटो लिनुभएको छैन, अहिले यो बाटो पनि सफल हुँदैन ।

पुष्पलालले मिश्रलाई भन्नुभयो, किनभने भारतको यातायात ठप्प गर्न यातायात क्षेत्रमा तपाईंको सङ्गठन नै छैन । जर्ज फर्नान्डिजको सङ्गठन छ मजदुर युनियनमा । त्यो मजदुर युनियन कब्जा गरेर भारतको यातायात दसपन्ध्र दिन ठप्प गरेर ठाउँठाउँमा विद्रोह गर्न सक्ने हो भने मात्र त्यो विद्रोह कामयावी बन्छ । तर अहिले तपाईंहरू जसरी जानुभएको छ, त्यो कामयावी हँुदैन ।

पुष्पलालले पछिल्लो कालमा बीपीले एडगर स्नोमार्फत (समाजवादी पत्रकार रेडिजस्टार ओभर चाइनाका लेखक) माओसँग सम्पर्क गर्नुहुन्छ बीपीले । तपाईंले पनि माओ त्सेतुङसँग सम्पर्क गर्नुस् । त्यसको व्यवस्था म गर्छु । तपाईं चीनमै जानुपर्छ भनेपछि पुष्पलालले जर्ज फर्नान्डिजले के भन्नुभयो भने अहिले चीन र नेपालबीच राम्रो सम्बन्ध छ । दुई देशको बीचमा जुन मैत्रीपूर्ण सम्बन्ध छ । त्यो सम्बन्ध खलबलिने गरी चीनले हामीलाई सहयोग गर्दैन । त्यसकारण चीन जानुको कुनै अर्थ छैन । चीन गएर त्यहाँबाट आर्थिक या कुनै सहयोग लिएर नेपालमा आन्दोलन गर्र्दा नेपालको परराष्ट्र नीतिमा नै ठूलो आँच आउने काम हुन्छ । चीनसँगको नेपाल सम्बन्ध विग्रन्छ । त्यसो भएकाले अहिले जे सम्बन्ध छ ठीकै छ । त्यसकारण चीनतर्फबाट होइन, नेपालबाटै संयुक्त जनआन्दोलनको निर्माण गर्ने भन्ने नै पुष्पलालको रटान हुने गथ्र्यो ।

*****

राजा वीरेन्द्रको केही सर्त थिएन । नेपाल आउनुस् । नेपाल आएर नेपालमा मलाई सहयोग गर्नुस् भन्ने नै थियो । कम्युनिस्ट पार्टीलाई विघटन गरिदिनुस् । टङ्कप्रसादलाई त पुष्पलालले असाध्यै मान्नुहुन्थ्यो । दाजुको साथी भएकाले । ज्यादै ठूलो सम्मान गर्नुहुन्थ्यो । उहाँले के भन्नुभयो भने, ‘तपाईंले मलाई अरू विषयमा कर गर्नुस् । पार्टी सङ्गठन छोडेर कलकत्तारित बसेर किताबसिताब लेख्ने काम गर भनेर भन्नुस् । बरु म त्यो मान्छु । तर राजालाई समर्थन गरेर नेपाल फर्कने कुरा मान्दिनँ ।’

*****

मुक्ति मोर्चाको विद्रोह र काँग्रेसको मेलमिलाप नीतिपछि बनारस शून्य भएको थियो कि ? कोही हुनुहुन्थ्यो बाँकी ? 

शून्य भएको थियो । बलराम उपाध्याय र म थियाँै । हरिराम शर्मा भन्ने हुनुहुन्थ्यो । अरू सबै नेपाल आइसकेका थिए । बनारस शून्य भएपछि राजाले टङ्कप्रसाद आचार्यलाई पठाए । बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउनुभयो, बीपी मात्रै एक्लो प्रतिपक्ष हुँदाखेरि त्यसले हामीलाई राम्रो गर्दैन, त्यसो भएर तपाईं नेपाल आउनुस् भन्नुभयो ।

राजा वीरेन्द्रको सर्त चाहिँ के थियो ?

केही सर्त थिएन । नेपाल आउनुस् । नेपाल आएर नेपालमा मलाई सहयोग गर्नुस् भन्ने नै थियो । कम्युनिस्ट पार्टीलाई विघटन गरिदिनुस् ।

टङ्कप्रसादलाई त पुष्पलालले असाध्यै मान्नुहुन्थ्यो । दाजुको साथी भएकाले । ज्यादै ठूलो सम्मान गर्नुहुन्थ्यो । उहाँले के भन्नुभयो भने, ‘तपाईंले मलाई अरू विषयमा कर गर्नुस् । पार्टी सङ्गठन छोडेर कलकत्तारित बसेर किताबसिताब लेख्ने काम गर भनेर भन्नुस् । बरु म त्यो मान्छु । तर राजालाई समर्थन गरेर नेपाल फर्कने कुरा मान्दिनँ ।’

पुष्पलालले त्यसो भनेपछि टङ्कप्रसाद आचार्यलाई विरक्त आयो । उहाँले मलाई ‘हेरेर भन्नुभयो ‘गोविन्द, गीत गोविन्द भन्ने किताब ल्याइदे,  अब म त्यही उल्था र अनुवाद गरेर बस्छु पुष्पलालले मानेन, म रित्तै फर्कनुपर्ने भयो ।’

मैले टङ्कप्रसादलाई भने ‘त्यो किन लेख्नुहुन्छ ? आफ्नै संस्मरण लेख्नुस् तपाईंको संस्मरण धेरै काम लाग्ने छ, इतिहासका निम्ति धेरै ठूलो सामग्री हुनेछ पछिका मान्छेलाई ।’ ‘मैले सक्दिनँ’ उनले भने । नसके मलाई बोलाउनुस् म आउँछु, तपाईं भन्नुस् ‘म लेख्छु’ त्यसो गरौँ भने । हुन्छ त्यस्तो मिलाउन सकिएछ भने मिलाउला’ जवाफ दिए । तर लेख्ने काम चाहिँ भएन । अरू कोकोले एक दुईवटा घटनाका लेखहरू, टङ्कप्रसादका संस्मरणहरू चाहिँ आए ।

बीपी मेलमिलापको नीति लिएर फर्कंदा त्यसबेला भारतीय संस्थापन पक्षको दबाबको केही सङ्केत गर्नुभएको छ । कम्युनिस्टहरूलाई भारतीय संस्थापन पक्षले के कस्तो प्रेसर दिने गर्दथे ? तपाईंको अनुभव के छ ?

भारतीय संस्थापन पक्षले यो कम्युनिस्ट पार्टी शक्तिमा छैन, भन्ने बुझेको थियो । दुई चार जना मान्छे बसेर कम्युनिस्ट पार्टी चलाएको अवस्थामा उसलाई निगरानी गर्नुपर्ने आवश्यकता नै थिएन । शक्ति जहाँ छ निगरानी पनि त्यहीँ हुने भयो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...