शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेशन गरिँदै

के हो एपेन्डिसाइटिस ?
मङ्गलबार, १० मङ्सिर २०७६, ११ : ०४
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ– स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको डा. अरुण सायमीले बताएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

के हो एपेन्डिसाइटिस ?

डा. अनिरा बैद्यका अनुसार एपेन्डिक्स भनेको एउटा अङ्ग हो । त्यो अङ्ग बिनानै मान्छे बाँच्न सक्छ । एपेन्डिक्स ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा ४ इन्च जति लामो हुन्छ । त्यो कुनै कारणबस पाक्न गयो, कुनै कुरा अड्कियो भने पनि एपेन्डिक्सबाट एपेन्डिसाइटिस हुन्छ ।  

मानव शरीरमा भएको कुनै पनि अङ्ग एक्स्ट्रा (अतिरिक्त) हुँदैन । विभिन्न अध्ययन र अनुसन्धानले पनि मानव अङ्गमध्ये एपेन्डिक्सले पनि काम गर्छ शरीरमा लाग्ने रोगसँग लड्नको लागि एपेन्डिक्सले काम गर्छ । 
कतिपय अनुसन्धान रिपोर्टहरुमा एपेन्डिक्सले मानिसको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) लाई बलियो बनाउन मद्दत गर्छ भन्ने उल्लेख भएको पढ्न पाइन्छ । 

टन्सील र एपेन्डिक्स् भन्ने अङ्ग प्रतिरोधात्मक क्षमता भएको अङ्ग हो र एपेन्डिक्सले बाहिरबाट लाग्न सक्ने विभिन्न रोगहरुलाई लाग्न नदिने र आन्द्रामा आउने ब्याक्टेरियल समस्या लाग्नबाट जोगाउने अर्थात प्रतिरक्षा प्रणालीको काम गर्छ । 

चिकित्सकहरुका अनुसार मानव शरीरमा देखिने एपेन्डिसाइटिसको समस्या जसलाई पनि, जतिखेर पनि र जहाँ पनि हुन सक्ने समस्या हो । एपेन्डिसाइटिस हुनुको खास कारण अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन । तर पनि एपेन्डिक्स भएको ठाउँमा जस्तैः दिसा गएर अड्कियो भने वा रगत संचार कम हुँदा एपेन्डिक्स सुन्निन थाल्छ । सुन्निएपछि एपेन्डिसाइटिसको समस्या आउने हो । यस्तै कुनै खानेकुरामा बियाँहरु पनि एपेन्डिक्समा गएर अड्कियो भने वा सोही ठाउँमा मासुहरु पलायो भने पनि एपेन्डिसाइटिस हुन सक्छ । 

एपेन्डिसाइटिसको समयमा अपरेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने सम्भावना हुन्छ । साथै मुटु, मिर्गौलालगायतका रोगको समस्या भएका बिरामीको हकमा यो रोग निकै जटिल मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप