शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगका कर्मचारीलाई प्रभाव पारी निरौलाले घरमै लगेपछि...

शनिबार, ०३ भदौ २०७४, २१ : ३८
शनिबार, ०३ भदौ २०७४

गाउँलेले घेरे निरौलाको घर, आयोगका कर्मचारी भगाइयो  

काठमाडौं– नेकपा एमालेका स्थानीय नेताले काठमाडौंको बाँसबारीमा निर्वाचन आयोगका कर्मचारीहरुलाई प्रभाव पारी आफ्नै घरमा लगेर फोटोसहितको मतदातामा नामावली संकलन गरेपछि तनाव भएको छ । 

बुढानिलकण्ड नगरपालिकाको स्पेशन चोकमा रहेका स्थानीय एमाले नेता दीपक निरौलाले रातीसम्मै मतदाता नामावलीका लागि धमाधम फोटो खिचाएपछि स्थानीय घर घेरा हालेका थिए । झडप हुने सम्भावना भएपछि डिएसपी नेतृत्वको टोलीले घरमा सुरक्षा दिएका छन् भने निर्वाचन आयोगका कर्मचारीलाई भने सुरक्षित स्थानतर्फ भगाएका छन् । 

निरौलाले कर्मचारीलाई प्रभाव पारेर नामावली दर्ता संलकन गर्ने समय सकिएपछि पनि आफ्नै घरमा लगेर फोटो खिचाउने काम गरेका थिए । निरौलाको घरबाट प्रहरीले मतदाता नामावली संकलनका लागि प्रयोग गरेका उपकरणहरु बरामद गरेको स्थानीयले रातोपाटीलाई जानकारी दिए । 

निर्वाचन आयोगले दिएको निर्धारित समयअनुसार फोटोसहितको नाम दर्ता गर्ने समय शनिवार साँझ ५ बजदेखि सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप