शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक चिसोको कारण धनुषाका विद्यालय एक सातालाई बन्द

सोमबार, १४ पुस २०७६, ११ : ४८
सोमबार, १४ पुस २०७६

जनकपुर । अत्याधिक चिसो बढेपछि धनुषाका विद्यालयहरु सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ । 

विगत केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ । 

जिल्ला शिक्षा समन्वय ईकाइ धनुषाका प्रमुख बरखु प्रसाद रजकले अत्याधिक बढेको चिसोले  विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले जिल्लाका विद्यालयमा विदाको दिने घोषणा गरेको जानकारी दिए । 

त्यस्तै प्याबसन र एन–प्याबसन धनुषाले ३ दिनसम्म निजी विद्यालयहरुमा विदाको घोषणा गरेका छन् । निजी विद्यालयहरुले पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म बिदा दिने निर्णय गरेको जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप