केन्द्रीय संस्करण

माघ १ गते राष्ट्रिय योग दिवस मनाइँदै

person explore access_timeपुस २७, २०७६ chat_bubble_outline0
सांकेतिक तस्बिर

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका महानिर्देशक डा बासुदेब उपाध्यायले समाजमा योगलाई शरीर स्वस्थ राख्नका लागि गरिने शारीरिक आसन भनेर बुझाउने प्रयास गरिएपनि पनि त्यसलाई पूर्णरुपमा सत्य मान्न नसकिने बताएका छन् । योगको अर्थ वास्तबमा धेरै फरक भएको उनको भनाइ छ ।
आइतबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले बताएका हुन्। योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिने भन्दै उनले शरीर, मन र आत्मालाई एक गर्ने हुँदा मानवका लागि योग महत्त्वपूर्ण भएको उल्लेख गरे । 
 ‘बदलिदो जीवनशैलीले मानिसहरुमा शारीरिक तथा मानसिक समस्याहरुले सताउने क्रम बढदो छ,’ उनले भने, ‘बदलिँदो जीवनशैली र खानपानको कारण हाम्रो शरीरमा भएको विकार फाल्नका लागि योगको आवश्कता पर्छ ।’
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले माघ १ गते राष्ट्रिय एकता, योगको सान्दर्भिकता भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरि योग दिवस मनाउँदै छ । 
योग प्राणायाम,आयुर्वेद र जडीबुटीको विकास गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ राष्ट्रिय योग दिवस मनाउन लागिएको उनले बताए ।
 कुलतमा फसेका युवालाई योगको माध्यमबाट समेत निकाल्न सकिने उनले बताए । माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय मन्त्रिपरिषद्ले २०७२ साउनमा गरेको थियो । 
 आयुर्वेद विभागले टेकु अस्पताल भित्रका सबै शाखाका कर्मचारीका लागि दिउँसो १ देखि २ बजेसम्म योग कक्षासमेत केहीदिनसम्म सञ्चालन गर्ने उनले बताए । योग मानव जीवनमा अतिआवश्य कुरा भएको उनले बताए ।  पाइलट प्रोजेटको रुपमा नेपालका ५ वटा विद्यालयमा योगका कक्षा सञ्चालन गरिएको उनले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.