अकास्मात यसरी आयो अग्निको नाम
बजारको अनुमान छ – सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेका छन् । तर, वास्तविकता फरक रहेछ, आइतबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि भन्न पाएनन् ।
प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भने, ‘तपाईंहरु सबै एक भएर आउनुभयो ! अब म के भनौँ ।’
यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेको भए प्रचण्ड आफै पनि ‘भगौ त सुवासजीलाई नै गरौँ’ भन्नेमा पुगिसकेका थिए ।
तर, त्यसमाथि भैँसेपाटी गठबन्धनले सभामुख जो भए पनि प्रस्तावक प्रचण्ड हुनुपर्छ भन्ने बल उनलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिवालय बैठकमा धेरै केही बोलेनन् ।
भैँसेपाटी गठबन्धनका नारायणकाजीबाहेक चार भाइचाहिँ प्रचण्डनले सभामुखको नाम फ्याटै भनिहाले भन्नेमा थिए ।
तर, केपी ओलीले त्यो मौका नै दिएनन् र भने ‘अग्नि सापकोटा’ । यसरी अग्निको नाम ओलीको मुखबाट प्रस्तावित भयो । त्यसमा ‘हुन्छ हुँदैन’ भन्ने प्रश्नै उठेन । प्रस्ताव पारित भयो । बैठक सकियो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर