शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : शतप्रतिशत मतदान, मतगणना सुरु

बिहीबार, ०९ माघ २०७६, १७ : १२
बिहीबार, ०९ माघ २०७६

जनकपुर । प्रदेश नम्बर २ मा रिक्त ४ पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ । महेन्द्र नारायण निधि प्रतिष्ठानमा गतगणना सुरु भएको हो । मतगणनाको सबै नतिजा बिहीबार रातिसम्म आइसक्ने बताइएको छ । 

निर्वाचनमा शतप्रतिशत मतदान भएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । 

प्रदेश नम्बर २ मा नेकपा–राजपा गठबन्धन र काँग्रेस–सामाजवादीको गठबन्धन चुनावी प्रतिस्पर्धामा छ ।

निर्वाचनमा महिला पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव चुनावी प्रतिस्पर्धामा रहेकी छिन् भने दलित तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा छन् ।

त्यस्तै, अल्पसंख्यक समूहमा नेपाली काङ्ग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा रहेका छन् भने अन्य समूहतर्फ दाजुभाई समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप