पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रदेशसभा बैठक स्थगित
आइतबार, १२ माघ २०७६, १७ : १७
बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक सांसद बलदेव शर्मा पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
आइतबारको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गर्दै पोखरेलको निधनले प्रदेशलाई अपूरणनीय क्षति भएको उल्लेख गरेका थिए । प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको यही माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।
समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित विपक्षी दलका नेता पाखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनसमेतमा क्षति भएको जनाउँदै उनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
उनप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो । शोक प्रस्ताव पारित भएसँगै बैठक स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा