शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वतीविरुद्ध संकटाको गोल बर्षा

बिहीबार, ०१ फागुन २०७६, १८ : ०५
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । साविक उपविजेता संकटाले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनमा रहेको सरस्वतीविरुद्ध गोल बर्षा गरेको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको खेलमा संकटाले सरस्वतीलाई ६–२ गोलले हरायो । संकटालाई जिताउन मेसौको ओलौमोउले दुई गोल गरे ।

मेसौकोले खेलको पाँचौं र ३३ औं मिनेटमा गोल गरेका थिए । सुवास गुरुङले ३७ औं, टिकाराज गुरुङले ५६ औं र रोशन पहाडीले ८३ औं मिनेटमा गोल गरे । अर्को गोल ६५ औं मिनेटमा सरस्वतीका पूर्णबहादुर श्रेष्ठबाट आत्मघाती गोल भएको थियो । उनले बल बचाउन गरेको प्रहार आफ्नै पोस्ट्मा परेको थियो ।

६६ औं मिनेटमा सरस्वतीका काजिम बुसारीले गोल पर्काए । दुई गोल गरेका बुरासीले ७९ औं मिनेटमा दोस्रो गोल गरेका थिए । संकटाका सुवास गुरुङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै संकटा सातौं स्थानमा उक्लिएको छ । संकटाले १३ खेलबाट १८ अंक बनाएको छ । यसअघिनै रेलिगेसनमा परेको सरस्वतीले चार अंक बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप