तीन जनालाई खुकुरी प्रहार गर्ने एक जना पक्राउ
आइतबार, ०४ फागुन २०७६, ११ : ५७
सुनसरी : धरान उपमहानगरपालिबाट तीन जनामाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
आइतबार बिहान ईलाका प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका–१९ बस्ने ताप्लेजुङ सिम्ले घर भएका २५ वर्षीय मिलन राईलाई पक्राउ गरेको हो ।
शुभराज राईसमेत तीन जनालाई मिलन राईले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
खुकुरी प्रहारबाट घाइते भएकाहरुलाई उपचारको लागि घोपा अस्पताल धरान लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आयोगको आग्रह
-
गण्डकीमा मध्यावधितिर जाने डर पनि छ : माओवादी
-
बाह्य बसाइ सर्ने नेपालीहरू प्रति एक लाखमा ३७ सय ५२ जना
-
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
-
नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको धेरै
-
राप्रपाले भन्यो : खगराज अधिकारीलाई भोट हाल्दैनौँ