बाह्य बसाइ सर्ने नेपालीहरू प्रति एक लाखमा ३७ सय ५२ जना
आइतबार, २३ वैशाख २०८१, १६ : १३
काठमाडौँ । ५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना बाह्य बसाइसराइ भएका छन् । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाइ सरेका हुन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ ।
- गण्डकी प्रदेशमा आन्तरिक बसाइ सर्नेहरू सबैभन्दा बढी
गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाइ सरेका छन् । यो पाँच वर्षको तथ्याङ्क हो । बागमती प्रदेशमा करिब १ लाखमा ५४ जना बसाइ सरेको तथ्याङ्कले देखाएको छ । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर सिंहका समर्थकलाई कारबाही गर्न पर्सा कांग्रेसको माग
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु