नेपालको वार्षिक जनसङ्ख्या वृद्धि पछिल्लो ८० वर्षमा सबैभन्दा कम
काठमाडौँ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचकहरूअनुसार नेपालमा २ करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ ।
जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा पनि तल रहेको छ । कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलका अनुसार यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो ।
२०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसङ्ख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उनले बताए ।
- नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो ।
नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण