शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
ललितपुर आगलागी

ललितपुरमा आगलागी : घाइते पाँचै जनाको किष्टमा उपचार हुँदै

आइतबार, २३ वैशाख २०८१, ११ : ३२
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित बाफल भन्ने स्थानमा भएको आगलागीमा घाइते भएका पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।  

मोबिल स्टोर भएको उक्त टहरोमा आगलागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए । 

प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ  । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् । उनीहरुको शरीरका भाग आगोले जलेको बताइएको छ । 

प्रहरीका अनुसार अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप