शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं वर्ल्ड स्कुलले सार्वजनिक गर्यो स्कूल बाई अटोम्याटिक्स एप

अभिभावक र स्कुलबस ड्राइभरहरुको सहजताका लागि डिजीटल एप्लिकेशन
बिहीबार, २२ फागुन २०७६, १६ : ३०
बिहीबार, २२ फागुन २०७६

भक्तपुर– स्कुल, कलेज तथा बिभिन्न शैक्षिक संस्थाहरुको बस लगायत अन्य यातायात व्यवस्थापन सहजताका लागि नेपाली बजारमा हालै स्कूल बाई अटोम्याटिक्स एप सार्वजनिक भएको छ । 

चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्स सुर्यविनायक गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा आयोजना गरिएको बिशेष कार्यक्रममा सम्पूर्ण मिडिया समक्ष उक्त एप स्कूल बाई अटोम्याटिक्सलाई हस्तान्तरण गरिएको हो । 

उक्त कार्यक्रममा काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष इन्जिनियर मिथिलेश कुमार झा, सिप्रदी ट्रेडिङका सि.ओ.ओ. राजेश प्रसाद गिरी, प्रिन्सिपल राजीव क्षेत्री र बिशेष अतिथी पूर्व ट्राफिक ईन्स्पेक्टर सिताराम हाछेथुलगायत टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङका कर्मचारीहरुको पनि उपस्थिती थियो ।

कार्यक्रममा काठमाडौं वर्ल्ड स्कुलका प्रिन्सिपल राजीव क्षेत्रीले अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम समाबेश गर्नुको साथै विश्वस्तरिय पूर्वाधारमा बनिएको नेपालको उच्चस्तरिय शिक्षण संस्था भएको बताए । उनले अभिभावक तथा बाल बालिकाहरुको दैनिक जीवनमा अझै सहजता ल्याउन यस स्कूल बाई अटोम्याटिक्ससँग सहकार्य गरेको बताए ।

पूर्व ईन्स्पेक्टर सिताराम हाछेथुल स्कूल बाई अटोम्याटिक्स एपले स्कुल र अभिभावकलाई मात्र नभएर ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा पनि धेरै नै मद्दत पुग्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप