उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको मतदानका दिन १५ प्रकारका सवारी साधन चल्न दिने भएको छ । आयोगको शुक्रबार बसेको बैठकले इलाम २ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि मतदाता ओसारपसार गर्ने बाहेकका सवारी साधन चल्ने व्यवस्था मिलाउन मतदान हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।
आयोगका अनुसार बिरामी बोकेका एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारी, दमकल, दूरसञ्चार सेवाका लागि प्रयोग हुने सवारी, शव बाहान, स्वास्थ्यकर्मीका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन निर्बाध चल्न पाउने भएका छन् ।
त्यसैगरी तरकारी, फलफूल विद्युत् सेवाका लागि प्रयोग हुने सवारी,कूटनीतिक नियोग, विदेशी पर्यटक र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन पनि चल्ने व्यवस्था गर्न आयोगले निर्देशन दिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण