कोपा अमेरिकालाई कोरोना कहर
बुधबार, ०५ चैत २०७६, १३ : ५१
एजेन्सी । सन् २०२० मा आयोजना हुन लागेको कोपा अमेरिका कप फुटबल प्रतियोगिता पनि एक वर्ष पर सारिएको छ । कोरोना भाइरसका कारण कोपा अमेरिका एकवर्ष पर सारिएको दक्षिण अमेरिकी फुटबल महासंघलले जनाएको छ । यसअघि दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कप जुन १२ देखि जुलाई १२ तारिखसम्म अर्जेन्टिना र कोलम्बियामा हुने तय भएको थियो ।
अब कोपा अमेरिका सन् २०२१ को जुन ११ देखि जुलाई ११ तारिखसम्म आयोजना गरिनेछ । कोपा अमेरिका अर्जेन्टिनाका पाँच र कोलम्बियाका भार शहरमा हुनेछ । कोपा अमेरिकामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरुले भाग लिनेछन् । एसियाबाट सन् २०२२ को विश्वकप आयोजक कतार र अस्ट्रेलियाले आमन्त्रित टिमको रुपमा प्रतिस्पर्धा गर्नेछन् ।