गुल्मीमा आज रातिदेखि सवारीसाधन आवत-जावतमा रोक
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोना भाइरसको सक्रमणबाट बच्न जिल्लाभर ठूला र साना सवारीसाधनलाई आवत-जावतमा रोक लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्धारा जारी विज्ञप्तिमा चैत्र १० गते राति १२ देखि अर्को सुचना जारी नभए सम्म अनिश्चितकालका लागि सवारीसाधन आवत-जावतमा रोक लगाइएको उल्लेख छ । तर अत्यावश्यक उपभोग्य बस्तु बोक्ने मालबाहक सवारीसाधन र एम्बुलेन्सलाई भने रोक लगाइएको छैन् ।
मालबाहक सवारीसाधानमा चालक र एक जना सहयोगीसम्म बस्न पाउने निर्णय गरिएको छ । त्यस्ता सवारी साधनका चालक सहचालकलाई हेल्थ डेक्समा अनिवार्य चेक जाँच गराई अवश्यक परे क्वारेन्टाइनमा राख्ने समेत बताइको छ ।
साथै आज राति १२ बजेदेखि इन्धन, चामल, नुन, तेल, तरकारी फलफुल लगायतका अत्यावश्यक वस्तु बाहेकका अन्य ब्यापार ब्यवसायका लागि पनि अर्को सुचना जारी नभएसम्म अनिश्चित कालका लागि बन्द गरिएको छ ।
अति जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन समेत नागरिकहरुलाई अनुरोध गरिएको छ । स्वास्थ्य संस्था , औषधी पसल र पेट्रोल पम्प चौबिसै घण्टा खुल्ला राख्ने निर्णय गरिएको छ । माथी उल्लेखित निर्णयहरुको पालना नगरे कारवाही गर्ने चेतावानी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे