नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते एक भब्य कार्यक्रमकाबिच छानिनेछ । प्रतियोगितामा २४ सुन्दरी भिड्दै छन् ।
फाइनल अगाडि प्रतियोगिताको ‘ट्यालेन्ट राउन्ड’ आयोजना भयो । जसमा सबै प्रतियोगीले आफूमा रहेको नृत्य, गायनलगायत विभिन्न ट्यालेन्ट देखाएका छन् । ट्यालेन्ट राउण्डमा रोशन गहतराज (कोरियोग्राफर), डा. स्कृति मासके (सह–प्रोफेसर), रोनिश खड्गी ( विजेता मोडल हन्ट नेपाल २०२४), नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सजना केसी ( एनक्लेक्स नेपाल एमडी), कोसिस क्षेत्री (गायक तथा कलाकार) लगायत निर्णायक रहेका थिए । ट्यालेन्ट राउण्डको विजेता पनि फाइनलमा घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस संस्करण प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुचि देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत, रिया जोशी, गुञ्जना बास्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, विधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी प्रतियोगी रहेका छन् । सबै प्रतियोगी फाइनल स्पर्धाको लागि संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण आफूलाई निखार्दै छन् । प्रतियोगिताको शीर्ष विजेताले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्नुको अलावा विभिन्न उपहार समेत जित्न सक्नेछन् ।
‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण