शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षाकर्मीलाई मास्क हस्तान्तरण

बुधबार, १२ चैत २०७६, १७ : ३६
बुधबार, १२ चैत २०७६

जनकपुर । आफू सुरक्षित रहौँ र अरुलाई सुरक्षा गरौँ भन्ने मुलनाराका साथ स्थानीय युवाको पहलमा सुरक्षाकर्मीलाई प्रोत्साहनस्वरुप मास्क हस्तान्तरण गरिएको छ । 

धनुषाको शहिदनगर नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय यदुकुहामा कार्यरत सुरक्षाकर्मीका लागि स्थानीय युवा दिपेन्द्र कापरी र बलिराम कापरीले सर्वसाधारणलाई सुरक्षा तथा लकडाउनमा खटेका सुरक्षाकर्मीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

उनीहरुले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस यदुकुहा तथा सशस्त्र प्रहरी बल अस्थाई सुरक्षा बेस सोनिगाको बालगंगा युनिट तथा थुनुवा कक्षमा रहेका थुनुवालाई समेत मास्क हस्तान्तरण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप