शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनामा कोरोना संक्रमण नरहेको पुष्टि

मङ्गलबार, १८ चैत २०७६, १६ : ३१
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । सोमबार राजधानीका दुई अस्पताल पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ । 

कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा विकास देवकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सोमबार वीरमा २ र पाटनमा १ जनाकाे मृत्यु भएको थियो । 

उनले ज्वरोको बिरामी आउना साथ कोरोनाको संक्रमण भएको जसरी उपचार नहुने गरेको गुनासो समेत आउने गरेको भन्दै त्यस्तो नगर्न भन्दै सबैपक्षसँग अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप