आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने

शुक्रबार, १४ वैशाख २०८१, ०७ : ५२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएको छ । 

यस प्रयोजनको लागि आगामी शनिबार, सोमबार र मंगलबार यस क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ । 

सीतापाइला  (कुलेश्वर वितरण केन्द्र) मा आगामी शनिबार, सोमबार र मंगलबार र इचड्गु फिडर र एलटी लाइन फिडर (बालाजु वितरण केन्द्र)मा आइतबार  विद्युत् आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ ।  

435779661_2122128421480294_590347009214154186_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप