आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला

शुक्रबार, १४ वैशाख २०८१, ०७ : ३२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् । 

डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए । 

सामाजिक सञ्जालमा उनले भनेका छन् – यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति संवेदनशील ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप