महामारीको बेला ‘गायब’ बनेका लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टरको जागिर गुम्यो
बुटवल । कोरोनाभाइरसको महामारीको विषम परिस्थितिमा विरामीलाई उपचार गर्नुको साटो चिकित्सकहरु गायब भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ५ जना डाक्टरलाई सेवाबाट हटाइएको छ ।
अस्पताललाई कुनै जानकारी नदिइ अस्पतालमा नआउने ५ जना मेडिकल अफिसरसहितका चिकित्सकलाई अस्पतालले सेवाबाट हटाइदिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. राजेन्द्र खनालका अनुसार रेडियोलोजिस्ट डा. बरदान वली, डा. तारा शर्मा, डा. प्रकृति कार्की, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुभाषचन्द्र चौधरीलाई सेवाबाट हटाइएको रातोपाटीलाई बताए ।
अस्पतालमा कुनै जानकारी नदिइ चौधरी गत चैत ९ गतेदेखि, वली, शर्मा र न्यौपाने चैत ११ गतेदेखि र कार्की चैत १२ गतेदेखि अस्पताल नआएको अस्पातालले जनाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डाक्टरहरूलाई कारवाही गरिएको हो । हटाइएका सबै करारमा कार्यरत चिकित्सकहरु हुन् । उनीहरू करीब १ वर्ष अगाडिदेखि अस्पतालमा कार्यरत थिए ।
उनीहरुलाई यही चैत २० गतेदेखि लागू हुने गरी अस्पताल सेवाबाट हटाइएको छ । अस्पतालले रिक्त भएको स्थानमा नयाँ चिकित्सक नियुक्त गर्न सूचना पनि प्रकाशित गरेको छ ।
३० जना नयाँ चिकित्सकका लागि अस्पतालले आवेदन माग गरेको छ । दैनिक १५ सय विरामी उपचार हुने अस्पतालमा हाल ७७ जना चिकित्सक जना चिकित्सक रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल