दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
नयाँ दिल्ली । शुक्रबार भारतमा लोकसभा निर्वाचनको दोस्रो चरणमा मतदान भएको छ । यस चरणमा १३ राज्यका मतदाताले ८८ सिटमा उम्मेदवारको भाग्य तय गर्दैछन् ।
यस चरणमा मतदान भइरहेको ८८ सिटमध्ये यस अघि भाजपाको आधाभन्दा बढी अर्थात् ५२ सिट छ भने कांग्रेसको २२ सिट थियो । यस चरणको मतदानमा उत्तर प्रदेशमा सबैभन्दा कम ५२ दशमलव ६४ प्रतिशत मत खसेको छ भने त्रिपुरामा सबैभन्दा धेरै ७६ दशमलव १३ प्रतिशत मतदान भएको थियो । यस चरणमा १ हजार २०२ उम्मेदवारको चुनावी मैदानमा छन् ।
कांग्रेसको आरोपमा नवनीत राणाको जवाफ
महाराष्ट्रको अमरावती लोकसभा सिटबाट भाजपाका उम्मेदवार नवनीत राणाले कांग्रेसको आरोपको जवाफ दिएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा कसैले पनि संविधान परिवर्तन गर्न नसक्ने उनले बताए । यो सरकारले महिलाको हितको संरक्षण गरिरहने पनि उनले बताए । शुक्रबार अमरावती सहित महाराष्ट्रको आठ सिटमा मतदान भएको थियो । यसअघि कांग्रेसले मोदी सरकारलाई निशाना बनाउँदै भाजपा फेरि सत्तामा आए संविधान परिवर्तन गर्ने बताएको थियो । जवाफमा राणाले प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो भाइ र परिवारका सदस्यका रूपमा आफूसँगै रहेको र संविधानलाई कसैले परिवर्तन गर्न नसक्ने बताए ।
दुई पार्टीबिच झडप, इभिएम नष्ट
कर्नाटकमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा दुई समूहबिच झडप भएको छ । शुक्रबार चामराजनगर जिल्लाको इन्दिगानाथ गाउँमा रहेको मतदान केन्द्रमा रहेको इलेक्ट्रोनिक भोटिङ मेसिन नष्ट गरिएको थियो । पूर्वाधारको पर्याप्त विकास हुन नसक्दा जनताले दिनभर निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको तर अधिकारीको आग्रहपछि निर्वाचन सुरु भएको जिल्ला प्रशासनले बताएको छ । एउटा समूहले भोट हाल्न चाहेको थियो भने अर्काे समूहले निर्वाचन बहिष्कार गर्दा दुवै दलबीच झडप भएको थियो । यसबिच इभिएम तोडफोड हुनुको साथै र ढुंगामुढा समेत भयो ।
वायनाडमा राहुल गान्धी कीर्तिमानी मतले विजयी हुनेः पवन खेडा
वायनाड महत्त्वपूर्ण सिट भएको वरिष्ठ कांग्रेस नेता पवन खेडाले भनेका छन् । दलका नेता राहुल गान्धी त्यहीँबाट चुनाव लडिरहेका छन् । अघिल्लो पटक राहुलले चार लाख मतान्तरले जितेका थिए । यसपटक उनले जितका सबै कीर्तिमान तोड्ने खेडाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण