सरकारले क्वारेन्टाइनको निरीक्षण गर्ने
काठमाडौं । सरकारले स्थानीय तह र अन्य निकायले व्यवस्थापन गरेका क्वारेन्टाइनहरुको अवस्थाका विषयमा निरीक्षण गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निर्माण भए÷नभएको र अन्य व्यवस्थापनका विषयमा सरकारले निरीक्षण गर्ने भएको हो । विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजिकरण गर्न लागिएको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।
उनले भने, ‘क्वारेन्टाइनको व्यवस्थापनका लागि एक पटक निरीक्षण गर्नुपर्छ । व्यवस्थापकीय ढंगले जानका लागि त्यसको रिपोर्ट पनि सरकारलाई दिनुपर्छ र त्यसपछि खर्चका विवरण दिने कुरा भयो । क्वारेन्टाइन सञ्चालनका लागि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषबाट रकम व्यहोर्ने निर्णय गरिसकेकाले कुनै संका गर्नुपर्दैन् ।’
मन्त्रिपरिषद् बैठकले मन्त्री मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई दिएको निर्देशन अनुसार शनिबारबाट स्वारेन्टाइनहरुको निरीक्षण हुनेछन् । शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।
शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुभएको छ । छलफलमा मन्त्री मानन्धरले क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिबारबाट अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम