रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा
काठमाडौँ । बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा गरिएको छ ।
मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागि डिजिटल अडिसन समेत खुलाइएको छ ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने 'द स्पिकिङ्ग टाइटन' मा सहभागी हुनका लागि DAAMI MUSIC APP र daamimedia.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । प्रतियोगिताको लागि विश्वभरबाट नेपाली भाषीले सहभागिता जनाउन सकिने जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागि निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।
'द स्पिकिङ्ग टाइटन'मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन् ।
दामी मिडियाको प्रस्तुति रहेको 'द स्पिकिङ्ग टाइटन' को अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् । कार्यक्रमकाे ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटल तर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम सातादेखि टेलिभिजनमा प्रसारण गरिने निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण