सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम

बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । उथलपुथल कार्यक्रमको चौथो शृङ्खलामा बुधबार अमेरिकी स्वतन्त्रता सङ्ग्राम सम्बन्धी सामाग्री प्रसारण भएको छ ।

राताेपाटी टीभीमा विश्वका महत्त्वपूर्ण कान्ति र संघर्ष सम्बन्धी कार्यक्रम 'उथलपुथल' प्रसारण हुँदै आएको छ । यही वैशाख ५ गतेदेखि प्रसारित कार्यक्रम हरेक बुधबार साँझ ६ बजे प्रसारण हुन्छ ।

बुधबारकाे उथलपुथलमा बेलायती नियन्त्रणबाट मुक्त हुन सन्  १७७५ देखि अमेरिकामा भएको आन्दोलन सम्बन्धी सामाग्री प्रस्तुत गरिएको छ ।  

उथलपुथलकारी सङ्घर्ष सम्बन्धी राजनीतिक कार्यक्रम भिडियो शृङ्खलामा विश्व क्रान्तिको इतिहास खोतल्ने प्रयास गरिएको छ । राजनीतिक, आर्थिक, सामाजिक र सैन्यपुरमा परिवर्तनशील विश्वलाई देखाउने र बुझाउन यो कार्यक्रम ल्याइएको नेटवर्कले जनाएको छ ।

‘हामीले रोममा दासहरूले गरेको इतिहासकै पहिलो विद्रोह, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, राजालाई फाँसी दिने बेलायती क्रान्ति, रुसको अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलगायत विश्व राजनीति इतिहासका महत्त्वपूर्ण १२ वटा ठुला क्रान्ति र सङ्घर्षहरूको नालीबेली बताउने छौँ’, नेटवर्कले कार्यक्रम सुरु गर्दा भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया