सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल

बुधबार, २६ वैशाख २०८१, १९ : २५
बुधबार, २६ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्दा संविधानको कुन धारा प्रयोग गर्ने भन्ने विषयमा अलमल भएको छ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको माग गर्दै साढे ३ बजे पत्र दर्ता गराएका थिए । उक्त पत्रलाई आधार मान्दै बुधबारनै नयाँ सरकार गठनको आह्वान गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङको तयारी छ । तर, नयाँ सरकार गठनको आह्वान गर्दा संविधानको कुन धारा र उपधारा उल्लेख गर्ने भन्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयमा सुझाव माग गरिएको जनाइएको छ । उक्त कार्यालयबाट सुझाव आइनसकेको कारण सरकार गठनको आह्वान गर्न ढिलाइ भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

संविधानको धारा १६९ को उपधारा (१) मा मुख्यमन्त्रीको पद रिक्त हुने अवस्था उल्लेख छ । जसमा मुख्यमन्त्रीले प्रमुख समक्ष लिखित राजीनामा दिएमा, धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रदेश सभाको सदस्य नरहेमा, निजको मृत्यु भएमा पद रिक्त हुने उल्लेख छ । 

संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिए मुख्यमन्त्रीको पद रिक्त हुने या नहुने भन्ने विषय भने संविधानमा उल्लेख छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप