सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

नयाँ सरकार गठनको आह्वान भए तत्काल दाबी पेस गर्ने तयारी

सांसदहरूलाई विराटनगर नछोड्न एमाले-माओवादीको निर्देशन
बुधबार, २६ वैशाख २०८१, १५ : ५६
बुधबार, २६ वैशाख २०८१

विराटनगर । काेशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख पर्शुराम खापुङ जुटेका छन् । 

आजै एमाले र माओवादीसहितका दलहरूले प्रमुख खापुङलाई नयाँ सरकार गठन गर्न माग गर्दै निवेदन दिएका छन् । निवेदनका साथमा उनीहरूले प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले विश्वासकाे मत नलिएको भन्दै दलहरूलाई दिएकाे पत्र समेत समेटेका छन् । 

साेही आधारमा प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न संविधान, कानुन र अभ्यासलाई हेरेर कानुनी परामर्शमा रहेकाे जनाएका हुन् । 

उता, एमाले र माओवादीले आफ्ना सांसदहरूलाई विराटनगर नछोड्न निर्देशन दिएका छन् । प्रदेश प्रमुखले कुनैपनि बेला सरकार गठनको आह्वान गर्नसक्ने र सनाखतमा उपस्थिति रहनुपर्ने भएको कारण विराटनगर नछोड्न निर्देशन गरिएकाे एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

`सरकार गठनको आव्हान भए हामी १५ मिनेटमा दाबी गर्छौँ,´ भण्डारीले भने, `तत्कालै सनाखत गर्नुपर्ने हुनसक्छ ।´

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप