भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
काठमाडौँ । काठमाडौँ उपत्यकाकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको मंगलवार उद्घाटन गरियो ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत बर फेनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरी देशकै उत्कृष्ट अस्पताल बन्न सफल भक्तपुर अस्पतालको स्तर वृद्धिमा नयाँ भवनको योगदान रहने स्वास्थ्य मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै मन्त्री श्रेष्ठले भक्तपुर अस्पताललाई ३ सय शय्यामा स्तर उन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको समेत जानकारी गराए ।
सो अवसरमा नेपालका लागि बेलायती राजदूत बर फेनले भक्तपुर अस्पतालको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले आफ्नो देशको तर्फबाट भक्तपुर अस्पताललाई थप आर्थिक , भौतिक एवं प्राविधिक सहयोग पुर्याउने इच्छा पनि प्रकट गरेका छन् ।
भवन निर्माण हुनु सुखद पक्ष भएको र यसले अस्पताललाई ३ सय शय्यामा स्तरोन्नति गर्न सहयोग पुर्याउने बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रतिक्रिया दिएका छन् । भक्तपुरका बौद्धिक नेता समेत रहेका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार ढकालले भक्तपुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्दै दक्ष चिकित्सक उत्पादन गर्ने योजनाबारे पनि खुलासा गरेका छन् ।

नवनिर्मित भवन सञ्चालनमा आएको र यसले सेवामा धेरै सुधार भएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बताइन् । लिफ्टयुक्त ४ तले सो भवनमा अपरेसन, आइसीयु र एनआइसियु लगायतका सेवा रहेको उनको भनाइ छ ।
अस्पताल सञ्चालन एवं विकास समितिका अध्यक्ष रमण कायस्थको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु सुरेश श्रेष्ठ, किरण थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति लगायत जनप्रतिनिधिहरू एवं प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण