जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोेना परीक्षण गर्ने सरकारको योजना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने सरकारको योजना रहेको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सातै वटा प्रदेशमा २० वटा भन्दा बढी प्रयोगशालाबाट हाल परीक्षण भइरहेको बताउँदै सरकारले परीक्षणको दायरालाई फराकिलो बनाएको बताए । उनले महामारी फैलिन नदिन संक्रमित भेटिएको स्थानलाई सिल गरेर परीक्षणलाई तीव्र पारिने बताए ।
त्यसक्रममा उनले माहामारी नियन्त्रणमा प्रारम्भिक दिनमा अलमल भएपनि अहिले सफल भएको समेत बताए । ‘नाका बन्द, उडान बन्द लगायतका निर्णयले महामारी हुनबाट बचाएको छ । तर ढुक्क भएर बस्नसक्ने अवस्था नभएकाले सरकार सचेत छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले आपूर्ति व्यवस्था तथा प्रयोगशाला सातै प्रदेशमा पुर्याएको तथा कम्तिमा २ प्रतिशत परीक्षण गर्ने योजना भएको भन्दै आपूर्ति व्यवस्था सहज बनाउने, स्थानीय तहलाई साझेदारी गर्ने, क्वारेन्टाइनको स्तरोन्नति गर्दै होटललाई क्वारेन्टाइनका रुपमा विस्तार गर्ने योजना रहेको पनि जानकारी दिएका छन् । उनले क्वारेन्टाइनको प्रबन्ध र राहत वितरणमा स्थानीयलाई सक्षम बनाएर क्वारेन्टाइनको अवस्थामा व्यापक सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।
महामारीसँग जुध्न सवै सरकारी संयन्त्र चुस्त र दुरुस्त हुनुपर्ने भन्दै यस्तो अवस्थामा खेल्ने भुमिकालाई हेरेर मूल्यांकन सरकारले गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला