मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बैंकका सबै कर्मचारीकोे कोरोना बीमा र पीसीआर परीक्षण गर्न माग

मङ्गलबार, १३ जेठ २०७७, २१ : ०८
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । वित्तीय क्षेत्रमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्न र कोरोना बीमा गराउन माग गरिएको छ । वित्तीय संस्थाका कर्मचारीको संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, धितोपत्र बजार तथा अन्य गैरबैंकिङ वित्तीय संस्थामा कार्यरत कर्मचारीको बीमा र परीक्षणको माग गरेको हो । साथै कर्मचारीको आश्रित परिवारको समेत बीमा गर्न र त्यस्तो रकम सम्बन्धित संस्थाको वित्तीय उत्तरदायित्व कोषबाट खर्च गर्नसक्ने व्यवस्था मिलाउने गरी सम्बन्धित नियामक निकायलाई व्यवस्था गर्न आग्रह समेत गरिएको छ । 

संघले केही वित्तीय संस्थाको व्यवस्थापनले यस विषम परिस्थितिमा जिम्मेवार भई आफ्ना कर्मचारीको सेवा तथा शर्तको सुनिश्चितता र सुरक्षा उपायहरु अपनाएर काममा लगाएकोमा आभारी व्यक्त गर्दै केही संस्थाले कर्मचारीको मनोबल गिर्नेगरी सेवा सुविधा घटाउने, ‘फोर्स लिभ’मा पठाउने जस्ता कार्य गरेकोमा आपत्ति समेत जनाएको छ । जागिरबाट हटेकालाई पुनर्बहाली गर्न चेतावनी समेत दिएको छ । 

संघले आगामी  आर्थिक वर्षको बजे समग्र वित्तीय क्षेत्रको सुरक्षा तथा यो क्षेत्रका कर्मचारीहरुको पेशागत सुरक्षाको लागि आवश्यक कार्यक्रम ल्याउन समेत सरकारलाई आग्रह गरेको छ । यो परिस्थितिको कारण वित्तीय क्षेत्रमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका प्याकेज ल्याउन संघले सरकारलाई आग्रह गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप