सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
बुधबार, १४ जेठ २०७७, १४ : ४०
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण बैठक बिहिबारसम्मका लागि स्थगित भएको हो ।
आजको पहिलो बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलले विरोध सुरु गरेका थिए । त्यसपछि आधा घण्टाका लागि स्थगित गरेर फेरि सुरु गरिएको बैठक पनि अवरुद्ध भएपनि बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।
सभामुख अर्जुन बहादुर थापाले छैठौं अधिवेशनको दोस्रो बैठकको कार्य प्रारम्भ भएको जनाउ दिएलगत्तै अवरोध सुरु भएको थियो ।
हिजोको बैठकमा अर्थमन्त्री झपट बोहोराले बजेटको सिद्धान्त, उदेश्य र प्राथमिकता प्रस्तुत गर्ने क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र विवादित भूमि भनेपछि प्रतिपक्षी दल रुष्ट बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा