शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

आइतबार, १८ जेठ २०७७, १६ : ३१
आइतबार, १८ जेठ २०७७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५६७ पुगेको छ । 

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी ३७ जना, सुर्खेतमा सल्यानका २५ र सुर्खेतका १ गरी २६ जना, धुलिखेलमा कपिलवस्तुका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, धरानमा गरिएको परिक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ र बाजुराका २ जना गरी ५ जना, कोसी अस्पतालमा झापाका ४ र मोरङका १ गरी ५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जना गरी ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

यससँगै देशभर १ हजार ४ सय ५० पुरुष र १ सय १७ महिला गरी कुल १ हजा ५ सय ६७ जनामा संक्रमण देखिएको हो । आइतबार संक्रमण हुने १ य ६६ मध्ये १ सय ६२ पुरुष र ४ जना महिला रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा १ सय ३५, प्रदेश नम्बर २ मा ५ सय १९, बागमती प्रदेशमा १४ र गण्डकी प्रदेशमा २० जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । 

यस्तै प्रदेश नम्बर ५ मा ५ सय ९, कर्णाली प्रदेशमा १ सय २२ र सुदूरपश्चिम प्रदेशमा २० जना गरी १ हजार ३ सय ४९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले बताए । 

पीसीआर विधिबाट अहिलेसम्म ६९ हजार ५ सय ८२ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै देशभर कुल १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्रा देवकोटाले बताए । प्रदेश नम्बर १ मा कुल ३ हजार ५ सय ३६ जना, प्रदेश नम्बर २ मा १९ हजा ९ सय ८३ जना, बागमती प्रदेशमा २ हजार ४ सय २३, गण्डकी प्रदेशमा ३ हजार ५ सय १४, प्रदेश ५ मा ३५ हजार, कर्णाली प्रदेशमा १९ हजार ५ सय ८९ र सूदुरपश्चिम प्रदेशमा ३५ हजार १ सय ४७ जना क्वारेन्टाइनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप