कांग्रेस उपसभापति निधिद्वारा सुरक्षा सामाग्री वितरण
जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको क्षेत्र नम्बर ३ स्थित विभिन्न क्वारेन्टिन तथा आइसोलेसनमा कार्यरत सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
उपसभापति निधिले पीपीई, ह्याण्ड ग्लोवस, एन–९५ मास्क र तापक्रम नाप्ने थर्मल गत उपलब्ध गराएकोमा स्थानीय पार्टीको अगुवाइमा वितरण गरिएको हो ।
दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको बेला अग्रमोर्चामा विभिन्न क्वारेन्टिनहरुमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा नेपाली सेनाका जवानहरुलाई सो सुरक्षा सामग्रीहरु बाँडिएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा रहेको क्वारेन्टिन, नगराईन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा रहेको प्रादेशिक क्वारेन्टिन, धनौजी गाउँपालिकामा रहेका २ वटा क्वारेन्टिन, नगराइनस्थित २ वटा क्वारेन्टिन, देवडिहा स्थित क्वारेन्टिन, जटही सीमा प्रहरी चौकी, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा रहेका ४ वटा क्वारेन्टिनलगायतका ठाउँहरुमा सुरक्षा सामग्री वितरण गरिएको थियो ।
यी क्वारेन्टाइनहरुमा पीपीई ६० थान, तापक्रम नाप्ने थर्मल ह्याण्ड गन १० थान, एन–९५ मास्क ६० थान र ह्याण्ड ग्लोवस ६ सय थान वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता