शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु

मङ्गलबार, २० जेठ २०७७, २२ : ३२
मङ्गलबार, २० जेठ २०७७

हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–६ चौघडामा  आज दिउँसो ४ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले दिनुभएको जानकारीअनुसार बा२क ७११० नंको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक  करिब ४० वर्षीय श्यामफुल बलामीको मृत्यु भएको हो ।

ट्रकको ठक्करपछि घाइते हुनुभएका बलामीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप