केन्द्रीय संस्करण

जुम्लामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ

person explore access_timeजेठ २४, २०७७ chat_bubble_outline0

जुम्ला । जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए ।

उनलाई सिञ्जामा मसाल जुलुस गरी एमसिसीसहित विभिन्न नाराबाजी गर्दै मसाल जुलुस गरेको समयमा पक्राउ गरी रोकायालाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

दुई वडा सिल

जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि वडा सिल गरिएको हो । जिल्लास्तरीय एकीकृत क्वारेन्टिन रहेको सो वडाका स्थानीयवासीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिनामुल तथा दक्षिणमा जुम्ला बुहुमखी क्याम्पसको चार किल्लाभित्रको क्षेत्रलाई सिल गरिएको प्रशासनले जनाएको छ ।  कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै जुम्लामा तीन दिनदेखि जारी कर्फ्यु २३ गते राति १२ः०० बजेदेखि हटेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.