शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमा बैकको हायरपर्चेज कर्जाका ऋणीलाई असार महिनाको सबै ब्याज रकममा छुट

बुधबार, १७ असार २०७७, २१ : २६
बुधबार, १७ असार २०७७

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) को कारण देशव्यापी बन्दाबन्दीको यो अवस्थामा गरिमा विकास बैकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रका ग्राहकलाई आसार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने भएको छ । 

बैकमा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सीलगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गर्ने सेवाग्राही (ऋणी)हरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुट बाहेक २०७७ असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

सेवाग्राहीहरुले असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन । अहिलेको अवस्थामा ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्नेे सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले थोरै भए पनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको सिइओ ढकालले बताए ।


    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप