शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लेवान्डोस्कीको सिजनको ५० औँ गोल, बायर्नलाई कीर्तिमानी २० औँ जर्मन कप

आइतबार, २१ असार २०७७, ०८ : २१
आइतबार, २१ असार २०७७

रोबर्ट लेवान्डोस्कीले यो सिजन ५० गोल पूरा गर्दा बायर्न म्युनिखले बायर लेभरक्युजनलाई हराउँदै कीर्तिमानी २० औँ जर्मन कप उपाधि जितेको छ । यो बायर्नको १३ औँ डोमेस्टिक डबल हो ।

डेभिड अलाबाको फ्रिकिकको मद्दतले बायर्नले अग्रता  लिएको थियो । सर्जी ग्नाब्रीले बायर्नको अग्रता दोब्बर बनाए । लेवान्डोस्कीले खेलको ५९ औँ मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । स्भेन बेन्डरले एक गोल फर्काउँदै लेभरक्युजनलाई आशा दिलाए पनि लेवान्डोस्कीले अर्को गोल थप्दै लेभरक्युजनको पुनरागमनको आशा चकनाचुर बनाए । पोल्याण्डका स्ट्राइकरले यो सिजन ४४ खेलबाट ५१ गोल गरेका छन् । खेलको इन्जुरी समयमा कार्य हाभेर्टजले पेनाल्टीबाट लेभरक्युजनका लागि अर्को गोल गरे पनि उक्त गोल सान्तवना गोल मात्र बन्यो ।

योसँगै बायर्न म्युनिखले लगातार २६ खेलमा अपराजित रहेको नयाँ क्लब कीर्तिमान पनि बनाएको छ । गत डिसेम्बरबाट अपराजित रहेको बयार्नले यो क्रममा मात्र १ खेल बराबरी गरेको छ । लागतार १७ औँ खेलमा जीत हासिल गरेको बायर्नका लागि यो पनि कीर्तिमान हो ।

उता, लेभरक्युजन भने फेरि पनि अभागी साबित भएको छ । क्लबले हालसम्म फाइनलसम्म पुगेर एक च्याम्पियन्स लिग, तीन जर्मन कप हारेको छ भने ५ पटक लिगको दोस्रो स्थानमा चित्त बुझाएको छ ।

अब बायर्न च्याम्पियन्स लिग जित्ने आशामा रहेको छ । अघिल्लो महिना अन्तिम १६ को पहिलो लेगमा बायर्नले चेल्सीलाई ३–० ले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप