पोखरामा पर्यटनः अर्बौको लगानी सङ्कटमा
पोखरा – कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् ।
बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि भाडा मात्र तिरेर बस्न सक्ने अवस्थामा पनि नरहेका पर्यटन व्यवसायी व्यवसाय छाड्न थालेका छन् । पोखराको लेकसाइडमा होटल व्यवसाय गर्दै आएका ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित भइसकेका छन् भने करिब एक सयको हाराहारीमा होटल व्यवसायीले व्यवसाय बन्दको घोषणा गरेका छन् ।
पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा मात्र बन्दाबन्दीका कारण ७० भन्दा बढी साना होटल व्यवसायीले व्यवसाय छाडिसकेका छन् । पोखरामा सानाठूला गरेर सात सय होटल छन् । २५० वटा होटल घरधनी आफैँले चलाएका छन् । जसमा एक खर्ब २५ अर्ब लगानी छ ।
पोखराका होटल व्यवसायमा पछिल्लो समयमा थुप्रै बैङ्कले पनि लगानी गरे । तुलाचनका अनुसार ७० देखि ८० अर्ब रुपियाँ बैङ्कको लगानी छ । लेक साइडमा ४० हजारदेखि मासिक १२ लाख रुपियाँसम्म भाडा तिर्ने होटल व्यवसायी छन् ।
समस्या समाधानका लागि दीर्घकालीन नीतिगत संरक्षण गर्न सरकारसँग माग गरेको अध्यक्ष तुलाचनले बताउनुभयो । विद्युत् छुट पनि उत्पादन क्षेत्रलाई मात्र दिइयो हामीलाई दिइएन, उहाँले भन्नुभयो । करिब चार महिनादेखि जारी बन्दाबन्दीका कारण भाडामा व्यवसाय सञ्चालन गरेका र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू बढी मारमा परेको तुलाचनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा तारा चापागाई दुवेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे