पाल्पामा फरार ५ प्रतिवादी पक्राउ
पाल्पा । पाल्पाका फरार रहेका ५ प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पाँच वर्षअघि देखि फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधबार पाल्पाबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा पाल्पा तिनाउँ गाउँपालिका–२ का २६ वर्षीय दिपक लम्साल, तिनाउँ गापा–६ का ५५ वर्षीय मानबहादुर लम्तरी, तिनाउँ गापा–३ का ४५ वर्षीय रिवि काफ्ले, सोही स्थानका ३१ वर्षीय पदमबहादुर रायमाझी र बगनासकाली गापा–७ का २९ वर्षीय सुरज बहादुर कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
लागुऔषधको ओसारप्रसार, बहुविवाह र सार्वजनिक अपराधमा अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना तोकिएको थियो । अदालतको आदेशपछि जिल्ला प्रहर िकार्यालय पाल्पाको विशेष अभियानमा प्रतिवादी पक्राउ गरिएको हो ।
कनौजेलाई सार्वजनिक अपराधमा २०७२ पुस ५ गते, रायमाझीलाई बहुविवाह ०७१ असार २९, लम्साललाई लागुऔषधमा ०७४ माघ २१ गते, लम्तरीलाई ०७५ फागुन ९ गते, काफ्लेलाई ०७६ असोज २९ गते अदालतबाट कैद तथा जरिवाना तोकेको प्रनाउ गिरीले बताए । पक्राउ गरिएका प्रतिवादीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पाल्पामा पठाइएको छ । पाल्पा, रुपन्देही, नवलपरासी अदालतले कैद तथा जरिवानाको फैसला गरेको प्रतिवादी पाल्पाबाट पक्राउ गरिएको प्रहरीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू