कोहलपुर मेडिकल कलेजमा अछामका एक जनाको कोरोना कारण मृत्यु
सोमबार, २६ साउन २०७७, २१ : ४६
मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । सोमबारै ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।
आजै नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारत बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको निधन भएको थियो । उनीसहित स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।
जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।