ह्वाइट हाउस बाहिर गोली चल्यो
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए ।
तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ स्थिती नियन्त्रणमा छ ।’
ट्रम्पले पत्रकारलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरुले कुनै हतियारधारी संदिग्धमाथि गोली चलाएको जानकारी दिए ।
उनका अनुसार यो घटनापछि कसैलाई अस्पताल पुर्याइएको छ ।
उनले यसलाई एक असामान्य स्थिती भएको तर सिक्रेट सर्भिसका मानिसहरुले व्यावसायिक तरिकाले आफ्नो काम गरेको भन्दै तारिफ गरे ।
ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको थियो । यस्तो लाग्छ कि स्थिती पूर्ण रुपमा नियन्त्रणमा छ । तर साँच्चै नै गोली चलेको थियो र कसैलाई अस्पताल पुर्याएएको छ । मलाई ती व्यक्तिको स्थितीबारे थाहा छैन ।’
उनले थपे, ‘कोही गलत उद्देश्यसहित आए नआएको बारे मलाई थाहा छैन, सायद योसँग मेरो कुनै लेनदेन छैन ।’
उनले भने, ‘दुनियाँ यस्तै छ, यो दुर्भाग्यपूर्ण हो । तर संसार सधैं एक खतरनाक स्थल रहेको छ । यो कुनै अचम्मको कुरा होइन ।’
उनका अनुसार उनलाई घटना पछि पत्रकार सम्मेलन भइरहेको कोठाबाट बाहिर निकालेर उनको अफिसको सुरक्षित स्थानमा पुर्याइएको थियो ।
उनीसहित अर्थमन्त्री र एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?