शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बम पड्काईदिन्छु भन्दै धम्की दिएको अभियोगमा पक्राउ

बिहीबार, २९ साउन २०७७, १७ : २६
बिहीबार, २९ साउन २०७७

सिन्धुली । प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसरकुकर बम पड्काईदिन्छु भनि धाकधम्की दिएको भन्ने सूचनाका आधारमा  प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप